कार्यालयको मुख्य कार्य जिम्मेवारी
उप-आयोजनामा आधारित भूमिगत ट्युबवेल निर्माण गरी सिंचाइ सेवा उपलब्ध गराउने।
भूमिगत जल सिंचाइ सम्भाव्यताका क्लस्टर-आधारित योजनाहरू तयार गर्ने।
जल उपभोक्ताहरूसँग समन्वय गरी सिंचाइ कार्यक्रम प्रभावकारी ढङ्गले लागू गर्ने।
कृषक तथा उपभोक्ताहरूको संस्थागत विकासमा जोड दिने।
प्रादेशिक कार्यालय र स्थानीय निकायसँग समन्वय गरी भूमिगत सिंचाइको विकास गर्ने।
माग सङ्कलन, आयोजना छनौट, डिजाइन, निर्माण, अनुगमन र गुणस्तर नियन्त्रण गर्ने।
योजनाहरूको लगत (Inventory) राख्ने, अद्यावधिक गर्ने र इस्टिमेट तयार गर्ने।
वार्षिक लक्ष्य, खर्च हिसाब समायोजन र समयमै विभागलाई जानकारी गराउने।
आयोजना सञ्चालन र मर्मतमा आइपर्ने कठिनाइ निराकरण गरी विभागलाई सूचित गर्ने।
सञ्चालित सम्पूर्ण आयोजनाहरूको सूचना तथा प्रगति विवरण विभागमा उपलब्ध गराउने।
आयोजना सम्पन्न भएपछि अनिवार्य रूपमा सम्पन्न प्रतिवेदन (PCR) तयार गर्ने।
प्रचलित नियम र नीति अनुसार आयोजना स्वीकृत र प्रभावकारी कार्यान्वयन गर्ने।
सतह र भूमिगत जल सिंचाइको क्षेत्रमा समन्वय गरी कार्यक्रमहरू लागू गर्ने।
आवश्यकतानुसार तोकिएका अन्य कार्यहरू गर्ने।
विस्तृत पदीय कार्य विवरण
- कार्यालयको कार्यकारी प्रमुख भै कार्य गर्ने।
- स्वीकृत बार्षिक कार्यक्रम अनुसार विकास आयोजनाहरू कार्यान्वयन गर्ने / गराउने।
- मातहतका कर्मचारीहरूको परिचालन, कार्य सम्पादन मूल्याङ्कन र नियन्त्रण गर्ने।
- कार्यालयको वार्षिक कार्यक्रम तथा बजेट तयार गरी विभागमा पेश गर्ने।
- मातहतका योजनाहरूको नियमित रूपमा निरीक्षण, अनुगमन तथा मूल्याङ्कन गर्ने।
- भूमिगत जलसम्बन्धी थप योजनाहरू प्रस्ताव गर्ने।
- प्रदेश, स्थानीय निकाय र अन्य एजेन्सीहरूसँग समन्वय गरी योजना सञ्चालन गर्ने।
- जल उपभोक्ता संस्थाहरूलाई व्यवस्थापन सम्बन्धी सुझाव तथा सल्लाह दिने।
- आयोजनाको प्रगति विवरण विभागमा समयमै पठाउने।
- योजना तर्जुमाका लागि तथ्याङ्क सङ्कलन, पहिचान, सर्भेक्षण र अध्ययन गर्ने।
- पूर्व योग्यता र परामर्श सेवा सम्बन्धी कागजात तयार गरी पेश गर्ने।
- कार्यालयले प्रदान गर्ने सेवा सम्बन्धी सूचना प्रवाह गर्ने।
- आयोजनाहरूको कार्यक्रम, बजेट तर्जुमा र प्रगति विवरण उपलब्ध गराउने।
- भौतिक संरचनाहरूको गुणस्तर नियन्त्रण, अनुगमन र मूल्याङ्कन गर्ने।
- परामर्शदाताबाट प्राप्त प्रतिवेदनहरूको अध्ययन तथा जाँच गर्ने।
- भूमिगत जल सिंचाइ योजनाहरूमा जल वितरण प्रणाली निर्माण कार्य कार्यान्वयन गर्ने।
- पानी वितरण प्रभावकारी बनाउन कृषकहरूलाई तालिम दिने र बाली उत्पादन सर्भेक्षण गराउने।
- विभिन्न आयोजनाको विद्युत सम्बन्धी खरिद योजनामा समन्वय गर्ने।
- पूर्व योग्यता तथा बोलपत्र सम्बन्धी कागजात तयार गरी पेश गर्ने।
- निर्माण भएका भौतिक संरचनाहरूको गुणस्तर नियन्त्रण र अनुगमन गर्ने।
- ट्रान्सर्फमर तथा इलेक्ट्रिकल प्रसारण लाइन जडान कार्य कार्यान्वयन गर्ने।
- कृषकहरूलाई विद्युतीय उपकरणबारे तालिम दिने।
- खरिद योजना तयार गर्ने र बोलपत्र कागजात तयारीमा समन्वय गर्ने।
- ट्यूबवेल निर्माण तथा पम्प जडान कार्य कार्यान्वयन र सुपरभिजन गर्ने।
- E-Procurement, भेरिएसन र म्याद थप सम्बन्धी फाइल अध्ययन गरी राय दिने।
- परामर्शदाताको टेण्डर मूल्याङ्कन र भुक्तानी जाँच गरी प्रमुख समक्ष पेश गर्ने।
- आयोजना सम्पन्न भएपछि अनिवार्य रूपमा सम्पन्न प्रतिवेदन (PCR) तयार गर्ने।
- सार्वजनिक खरिद अनुगमन कार्यालयले मागेको सूचना उपलब्ध गराउने।
- आर्थिक प्रशासन सम्बन्धी दैनिक कार्य र खर्च हिसाब समायोजन गर्ने।
- लेखा परीक्षण प्रमाणपत्र तयार गर्ने र सोध भर्ना हिसाब मिलान गर्ने।
- बेरुजु लगत राख्ने, फछ्र्यौटका लागि ताकेता गर्ने र अनुगमन गर्ने।
- तोकिएको बेरुजु फछ्र्यौट प्रगति लक्ष्य पुरा गर्न पहल गर्ने।
- इन्जिनियरको काममा सहयोग गर्ने र जल वितरण प्रणाली निर्माणमा सघाउने।
- पम्पघर, MS Fitting र वितरण प्रणालीको डिजाइन तथा इस्टिमेट तयार गर्ने।
- जल वितरण प्रणाली निर्माणका लागि आवश्यक सर्भे र नियमित अनुगमन गर्ने।
- पानी वितरण प्रभावकारी बनाउन कृषकहरूलाई तालिम दिने।
- हाइड्रोजियोलोजिस्ट (हा.जी.) को काममा आवश्यक सहयोग गर्ने।
- ट्यूबवेल ड्रिलिङ कार्यको क्रममा प्राविधिक रेखदेख र संचालन गर्ने।
- आवश्यकता अनुसार अन्य तोकिएका कार्यहरू गर्ने।
- हा.जी. तथा इलेक्ट्रिकल इन्जिनियरको काममा सहयोग गर्ने।
- पम्प तथा मोटर जडान कार्य कार्यान्वयन गर्ने र कृषकलाई तालिम दिने।
- कार्यालयका मेशिनरी तथा सवारी साधनहरूको मर्मत सम्भारको जिम्मेवारी लिने।
- मेशिनरी उपकरणहरूको अवस्था अद्यावधिक राख्ने।
- कर्मचारी प्रशासन, विवरण तयारी र अभिलेख व्यवस्थापन गर्ने।
- चल-अचल सम्पत्तिको वैज्ञानिक अभिलेख राख्ने र स्टोर सम्बन्धी कार्य गर्ने।
- कर्मचारीको काज, विदा र पदस्थापन सम्बन्धी कार्यमा प्रमुखलाई सघाउने।
- कार्यालय वरिपरी सरसफाइको बन्दोवस्त मिलाउने।
- कागजात टाइपिङ, पत्राचार, इमेल र फाइलिङ व्यवस्थापन गर्ने।
- सूचना तथा तथ्याङ्कहरू अद्यावधिक गर्ने र डेटा इन्ट्री गर्ने।
- GIOMS प्रणालीमा फाइल ट्रान्सफर र डिजिटल हस्ताक्षर व्यवस्थापन गर्ने।
- कार्यालयको Website र अभिलेख (Record keeping) व्यवस्थित राख्ने।
- सवारी साधन चलाउने र समस्या देखिएमा लिखित जानकारी गराउने।
- मर्मत कार्यमा सहयोग गर्ने र स्पेयर टायर/टुल्सहरूको सुनिश्चितता गर्ने।
- लगबुक अद्यावधिक गर्ने र इन्धनको अभिलेख दुरुस्त राख्ने।
- सवारीको सरसफाइ, ब्याट्री, टायर र इन्जिन अवस्थाको नियमित जाँच गर्ने।
- फाइल, चिठ्ठीपत्रहरू सम्बन्धित अधिकारी समक्ष पुर्याउने र निस्सा लिने।
- कार्यकक्ष, फर्निचर र पङ्खाहरू सफा राख्ने।
- पिउने पानी, बिजुली बत्ती र सुरक्षाको बन्दोवस्त गर्ने।
- कार्यालय बन्द भएपछि कोठाहरू जाँच गरी बत्ती/हिटर निभाउने।
- अप्रत्यासित घटना भएमा तुरुन्त खबर गर्ने।
- कार्यालय बन्द भएपछि कोठा चेक गर्ने र अनावश्यक बत्ती/यन्त्र निभाउने।
- झ्याल ढोका बन्द गर्ने, साँचो लगाउने र समयमै कार्यालय खोल्ने।
- अपरिचित मानिसको प्रवेश निषेध गर्ने र सामानको सुरक्षा गर्ने।
- ड्युटीको समयमा भएको घटनाको जानकारी अधिकृतलाई दिने।
- उच्च अधिकृतले अराएका र पदसँग सम्बन्धित अन्य कार्य गर्ने।