पृष्ठभूमि
नेपाल सरकार र USAID को संयुक्त अध्ययनबाट रूपन्देही जिल्लाको करिब ४०,००० हेक्टर जमिनमा भूमिगत जलस्रोतबाट सिँचाइ हुन सक्ने सम्भावना देखिएको थियो। यसै सम्भावनालाई मध्यनजर गर्दै सन् १९७४ मा विश्व बैङ्कबाट विस्तृत सम्भाव्यता अध्ययन गरियो। उक्त अध्ययनको आधारमा सन् १९७५ मा नेपाल सरकार र विश्व बैङ्कबीच ऋण सम्झौता भयो। सोही सम्झौताअनुसार तत्कालीन 'भैरहवा लुम्बिनी भूमिगत जल परियोजना' अन्तर्गत डिप ट्युबवेल सिँचाइ संरचनाहरूको निर्माण कार्य सन् १९७८ मा सुरु भई १९९९ मा सम्पन्न भएको थियो।
परियोजनाको विकास र क्षेत्रगत विवरण
यस परियोजनाबाट रूपन्देही जिल्लाका तत्कालीन ३६ वटा साविक गा.वि.स.हरू समेटिएको विर्ता, मानपकडी, भलवारी र पर्सा क्षेत्रको कुल २०,५५० हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराइएको थियो। परियोजनाको निर्माण कार्य तीनवटा चरणमा सम्पन्न भएको थियो ।
| विवरण | प्रथम चरण | दोस्रो चरण | तेस्रो चरण | जम्मा |
|---|---|---|---|---|
| हस्तान्तरित DTWs (वटा) | ६० | ३१ | ७८ | १६९ |
| कृषि सडक (कि.मी.) | ९४ | ५५ | १२३ | २७२ |
| ३३ KVA विद्युत लाइन (कि.मी.) | ६.०५ | १६.३३ | १२.५० | ३४.८८ |
| ११ KVA विद्युत लाइन (कि.मी.) | ८५.५० | ५३.२४ | ११३ | १५१.७४ |
| सवस्टेसन (वटा) | १ | १ | १ | ३ |
| सिंचित क्षेत्र (हेक्टर) | ७,६५० | ४,३०० | ८,६०० | २०,५५० |
| लाभान्वित संख्या | ८,३७० | ५,६०० | ८,५३० | २२,५०० |
परियोजना निर्माण सम्पन्न भएपछि आर्थिक वर्ष २०५६/५७ देखि २०५९/६० सम्म 'प्रोजेक्ट अपरेशन प्लान' (POP) तथा 'प्रोजेक्ट ट्रान्सफरमेसन प्लान' (PTP) लागू गरी डिप ट्युबवेल सिँचाइ प्रणालीहरू सम्बन्धित जल उपभोक्ता समितिहरूलाई हस्तान्तरण गरिएका थिए ।
कार्यालयको नाम र सङ्गठनात्मक विकास
हालका कार्यक्रमहरू
यस कार्यालयको प्रमुख उद्देश्य तत्कालीन परियोजनाबाट निर्माण सम्पन्न भएका भौतिक संरचनाहरूको मर्मतसम्भार तथा व्यवस्थापन गरी वर्षभरि नै भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउनु र उपभोक्ता समितिहरूलाई प्राविधिक सहयोग प्रदान गर्नु हो। हाल यस आयोजना अन्तर्गत कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासी जिल्लामा निम्न कार्यक्रमहरू सञ्चालित छन्:
यस अन्तर्गत पूर्ववर्ती परियोजनाबाट निर्माण भएका १६९ वटा डिप ट्युबवेल सिँचाइ प्रणालीहरूको पम्प, ट्रान्सफर्मर, विद्युत लाइन र पम्प घरहरूको मर्मतसम्भार कार्य गरिन्छ।
आर्थिक वर्ष २०८२/८३ देखि सञ्चालित यस कार्यक्रमले पुराना १६९ वटा सिँचाइ प्रणालीहरूको पुनर्स्थापना र आसपासका क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्ने कार्य गर्दछ।
यस कार्यक्रम मार्फत सतह सिँचाइको सम्भावना नभएका क्षेत्रमा नयाँ इनार निर्माण, विद्यमान प्रणालीको आधुनिकीकरण र क्षमता अभिवृद्धि गरी दिगो सिँचाइ सेवा प्रदान गर्ने कार्य भइरहेको छ।