|
आयोजना प्रमुख सि.डी.हा.जी.
(इन्जि./जियो./हाइड्रो जियो.)
|
- कार्यालयको कार्यकारी प्रमुख भै कार्य गर्ने।
- स्वीकृत बार्षिक कार्यक्रम अनुसार प्रचलित नीति, नियम कानुनको परिधी भित्र रहि विकास आयोजनाहरु एवम् अन्य कार्यक्रमहरु कार्यान्वयन गर्ने / गराउने
- मातहतका कर्मचारीहरुको परिचालन, कार्य सम्पादन मूल्याङ्कनका साथै नियन्त्रण तथा सञ्चालन गर्ने।
- कार्यालयको वाषिर्क कार्यक्रम तथा बजेट तयार गरी विभागमा पेश गर्ने।
- मातहतका योजनाहरुको नियमित रुपमा निरीक्षण, अनुगमन तथा मूल्याङ्कन गर्ने।
- भूमिगत जलसम्बन्धी थप योजनाहरु प्रस्ताव गर्ने।
- सम्बन्धित प्रदेश तथा स्थानीय निकायहरु एबम अन्य लाइन एजेन्सीहरुसँग समन्वय गरी उपभोक्ताहरुसँग सहकार्य गरी योजना सञ्चालन गर्ने।
- जल उपभोक्ता संस्थाहरुको संथागत विकास गर्नको साथै उनिहरुलाई योजना विकास तथा व्यवस्थापन सम्बधी सुझाव तथा सल्लाह दिने
- कार्यालय मातहतका योजना उपयोजनाको प्रगती विवरण विभागमा समयमै पठाउने।
- आवश्यकता अनुसारको अन्य तोकिएको कार्यहरु गर्ने ।
|
|
इन्जिनियर (सिभिल तथा एग्री)
|
- कार्यालय प्रमुखको निर्देशन बमोजिम योजना तर्जुमाको लागि आवश्यक तथ्याङ्क सङ्कलन गर्ने ।योजनाहरुको पहिचान गर्ने तथा सर्भेक्षण, अध्ययन अनुसन्धान गर्ने/गराउने ।
- कार्यालय प्रमुखको निर्देशन बमोजिम पूर्व योग्यता तथा सम्बन्धी कागजात वितरण गर्ने वा परामर्श सेवाको प्रस्ताव सम्बन्धी कागजात तयार गरी पेश गर्ने ।
- कार्यालयले प्रदान गर्ने सेवा सम्बन्धी सूचना प्रवाह गर्ने ।
- कार्यालय प्रमुखको निर्देशन बमोजिम कार्यालय अन्तर्गतका सम्पूर्ण आयोजनाहरुको कार्यक्रम तथा बजेट तर्जुमा गर्ने । सम्बन्धित निकायमा निर्धारित ढाँचामा समयमै सूचना तथा प्रगती विवरण उपलव्ध गराउने ।
- कार्यालय प्रमुखको निर्देशन बमोजिम निर्माण भएका र गरिने भौतिक संरचनाहरुको गुणस्तर नियन्त्रण गर्ने/गराउने तथा भएको कार्यको अनुगमन र मुल्याङ्कन गर्ने ।
- परामर्शदाताबाट प्राप्त प्रतिवेदनहरुको अध्ययन तथा जाँचगरी सम्बन्धित प्रमुख समक्ष पेश गर्ने ।
- भूमिगत जल सिंचाइ योजनाहरुमा जल वितरण प्रणाली निर्माण कार्य कार्यान्वन गर्ने।
- मातहतका कर्मचारीहरुको कार्य सम्पादन मूल्याङ्कन गर्ने ।
- पानी वितरणलाइ प्रभवकारी बनाउन कृषकहरुलाई तालिम दिने ।
- बाली उत्पादन सर्भेक्षण कार्य गराउने ।
-
|
|
सब-इन्जिनियर (इन्जि/सिभिल/ईरि.)
|
- इन्जिनियर को काममा सहयोग गर्ने ।
- जल वितरण प्रणाली निर्माण कार्य कार्यान्वन गर्ने काममा इन्जिनियरलाई सहयोग गर्ने ।
- पम्पघर, MS Fitting तथा वितरण प्रणालीहरुको डिजाइन तथा लागत इस्टिमेट तयार गरी स्वीकृतिका लागि पेश गर्ने ।
- जल वितरण प्रणाली निर्माणका लागि आवश्यक सर्भे गर्ने।
- वितरण प्रणाली सम्बन्धी योजनाहरुको नियमित अनुगमन तथा मूल्याङ्कन गर्ने।
- पानी वितरणलाइ प्रभवकारी बनाउन कृषकहरुलाइ तालिम दिने।
- तोकिएका अन्य कामहरु गर्ने ।
|
|
हाइड्रोजियोलोजिस्ट
(इन्जि/जियो/हा.जी.)
|
- कार्यालय प्रमुखको निर्देशन बमोजिम विभिन्न आयोजनाको खरिद योजना तयार गर्ने कार्यमा आवश्यक समन्वय गर्ने ।
- कार्यालय प्रमुखको निर्देशन बमोजिम पूर्व योग्यता तथा बोलपत्र सम्बन्धी कागजात वितरण गर्ने वा परामर्श सेवाको प्रस्ताव सम्बन्धी कागजात तयार गरी पेश गर्ने ।
- कार्यालय प्रमुखको निर्देशन बमोजिम निर्माण भएका र गरीने भौतिक संरचनाहरुको गुणस्तर नियन्त्रण गर्ने/गराउने तथा भएको कार्यको अनुगमन र मुल्याङ्कन गर्ने ।
- सार्वजनिक खरिद अनुगमन कार्यालयले माग गरेको सूचना तथा जानकारी उपलब्ध गराउने ।
- भूमिगत जल सिंचाइ योजनाहरुमा ट्यूबवेल निर्माण कार्य तथा पम्प जडान कार्य कार्यान्वन गर्ने।
- E-Procurement सम्बन्धी काममा सहयोग गर्ने ।
- आयोजनाहरुको भेरियसन म्याद थप सम्बन्धी फाइल अध्ययन गरी राय पेश गर्ने ।
- परामर्शदाताको सेवा प्राप्त गर्न टेण्डर आब्हान गर्न प्रमुखलाई सघाउने, प्राप्त टेण्डरहरुको मूल्याङ्कन गरी स्वीकृतिको लागि प्रमुख समक्ष पेश गर्ने । सेवाका शर्त अनुसार परामर्शदाताको कार्य भए नभएको जाँचगरी भुक्तानीको लागि प्रमुख समक्ष पेश गर्ने ।
- निर्माण कार्यहरुको सुपरभिजन गर्ने ।
- आयोजना/योजनाहरु पुरा भएपछि निर्धारित ढाँचामा सम्पन्न प्रतिबेदन (Project Completion Report) अनिवार्य रुपमा तयार गरी कार्यालय प्रमुख समक्ष पेश गर्ने गराउने
- आवश्यकता अनुसारको अन्य तोकिएको कार्यहरु गर्ने ।
|
|
इलेक्ट्रिकल इन्जिनियर (ईन्जी/ईले)
|
- कार्यालय प्रमुखको निर्देशन बमोजिम विभिन्न आयोजनाको विद्युत सम्बन्धि कार्य खरिद योजना तयार गर्ने कार्यमा आवश्यक समन्वय गर्ने।
- कार्यालय प्रमुखको निर्देशन बमोजिम पूर्व योग्यता तथा बोलपत्र सम्बन्धी कागजात वितरण गर्ने वा परामर्श सेवाको प्रस्ताव सम्बन्धी कागजात तयार गरी पेश गर्ने ।
- कार्यालय प्रमुखको निर्देशन बमोजिम निर्माण भएका र गरीने भौतिक संरचनाहरुको गुणस्तर नियन्त्रण गर्ने/गराउने तथा भएको कार्यको अनुगमन र मुल्याङ्कन गर्ने ।
- भूमिगत जल सिंचाइ योजनाहरुमा ट्रान्सर्फमर तथा इलेक्ट्रिकल प्रसारण लाईन जडान गर्ने तथा विद्युत लाइन सम्बन्धी जडान कार्य कार्यान्वन गर्ने र कृषकलाइ बिद्युतिय उपकरणबारे तालिम दिने
- आवश्यकता अनुसारको अन्य तोकिएको कार्यहरु गर्ने ।
|
|
ड्रिलर
|
- हा.जी. को काममा सहयोग गर्ने ।
- आवश्यकता अनुसार अन्य तोकिएका कार्यहरु गर्ने ।
|
|
सिनियर मेकानिक्स
|
- हा.जी. तथा इलेक्ट्रिकल इन्जिनियरको काममा सहयोग गर्ने ।
- भूमिगत जल सिंचाइ योजनाहरुमा पम्प तथा मोटर जडान कार्य कार्यान्वन गर्ने र कृषकलाई उक्त उपकरणबारे तालिम दिने ।
- कार्यालयमा भएका मेशिनरी तथा सवारी साधनहरुको अवस्था अद्यावधिक गरी मर्मत सम्भार गर्नुपर्ने कार्यको जिम्मेवारी लिने
- तोकिएका अन्य कामहरु गर्ने ।
|
|
आर्थिक प्रशासन शाखा
|
|
लेखा अधिकृत
|
- आर्थिक प्रशाशन सम्बन्धी दैनिक कार्यहरु गर्ने ।
- विभिन्न स्रोत अन्तर्गत भएका खर्चहरुको हिसाव समायोजन गर्ने र समयमै तयार गर्ने ।
- लेखा परीक्षणको प्रमाणपत्रहरु समयमै तयार गर्न लगाई पेश गर्न लगाउने र सोध भर्ना सम्बन्धी हिसाब मिलान भए नभएको रेखदेख गर्ने।
- कार्यालयको बेरुजु लगत राख्ने, फछ्र्यौटको लागि ताकेता गर्ने, सम्बन्धित कार्यालयमा अनुगमन गर्ने, तोकिएको बेरुजु फछ्र्यौट प्रगति प्रतिशत पुर्याउन पहल गर्ने ।
- आवश्यकता अनुसार अन्य तोकिएका कार्यहरु गर्ने ।
|
|
प्रशासन शाखा
|
|
नायब सुब्बा
|
- कर्मचारी प्रशासन सम्बन्धि निर्दिष्ट कार्यहरु गर्ने ।
- आफ्नो कार्यालयको कर्मचारीको विवरण तयार गने सहयोग गर्ने ।
- कार्यालयको चल अचल सम्पत्तिको वैज्ञानिक अभिलेख राख्ने ।
- कार्यालयको कर्मचारीहरुको काज, विदा र पदस्थापन आदिको कार्यमा प्रमुखको निर्देशनमा रही कार्य गर्ने ।
- स्टोरसँग सम्बन्धित सम्मपूर्ण कार्यहरु गर्ने ।
- कार्यालय वरिपरी सरसफाइको बन्दोवस्त मिलाउने ।
- आवश्यकता अनुसार अन्य तोकिएका कार्यहरु गर्ने ।
|
|
कम्प्युटर अपरेटर
|
- कार्यालयमा कम्प्युटर सम्बन्धी कामहरु गर्ने ।
- कार्यालयले तयार पार्नुपर्ने कागजातहरु टाइप गरी तयारी गर्ने ।
- कार्यालय सम्बन्धी सुचनाहरु तथा तथ्याङ्कहरु अद्यावधिक गर्ने ।
- कार्यालयको सबै पत्राचार टाइप गर्ने र फाइलिङ गर्ने ।
- विभागीय पत्राचार र इमेल व्यवस्थापन गर्ने ।
- GIOMS प्रणालीमा फाइल ट्रान्सफर र डिजिटल हस्ताक्षर व्यवस्थापन गर्ने।
- विभागीय पत्राचार र इमेल व्यवस्थापन गर्ने ।
- कार्यालयको Website व्यवस्थापन तथा अद्यावधिक गर्ने ।
- कार्यालयको अभिलेख (Record keeping) व्यवस्थित राख्ने ।
- निर्देशनानुसार तथ्याङ्क प्रविष्टि (Data entry) गर्ने ।
- आवश्यकता अनुसार अन्य तोकिएका कार्यहरु गर्ने ।
|
|
सवारी चालक
|
- कार्यालयको निर्देशन बमोजिम सवारी साधन चलाउने र त्यसमा देखा परेका समस्या सम्वन्धमा लिखित जानकारी गराउने । जडान भएका महत्वपूर्ण पार्टहरु सम्वन्धमा पनि लिखित जानकारी गराउने ।
- मर्मत कार्य हुँदा आफै उपस्थित भई मर्मत कार्यमा सहयोग पुर्याउने।
- मर्मत सम्पन्न भए पछि सवारी साधन चेक गरी कुनै समस्या देखा परेमा सम्वन्धित पदाधिकारीलाई जानकारी गराउने ।
- सवारी साधन ठिक हालतमा भएपछि त्यसका लागि आवश्यक स्पेयर टायर, टुल्स, जैक आदि छ/छैन चेक गरी नभएमा माग गरी गाडिमा अनिवार्य रुपमा राख्ने ।
- माग गरिएको इन्धनको अभिलेख राख्ने, इन्धनको गुणस्तरमा विशेष ध्यान दिने । सवारी साधन प्रयोग गर्ने अधिकारीको सही गराई लगबुक सुरक्षित साथ राख्ने र महिनाको अन्तमा वा खोजेको बेला कार्यालयमा बुझाउने ।
- गाडी स्टार्ट गर्दा कार्यालयवाट प्राप्त निर्देशनहरु अनिवार्य रुपमा पालन गर्ने । ब्याट्रीको अवस्था, बत्ति बल्छ वा बल्दैन, टायरमा पर्याप्त हावा छ वा छैन, कुनै लिकेज त छैन आदिमा विशेष ध्यान पुर्याउने । सर्भिसिङ्ग तोकेको समयमा अनिवार्य रुपमा गर्ने । सवारी साधनको सफाईमा (भित्र र बाहिर) विशेष ध्यान दिने ।
- सवारी साधनमा कुनै समस्या देखा परेमा सम्बन्धित सुपरिवेक्षकलाई जानकारी गराउने र सुपरिवेक्षको निर्देशन बमोजिम गाडी कारवाही गर्ने।
|
|
कार्यालय सहयोगी
|
- तोकिएको समय भित्र शाखाको फाइल, चिठ्ठी पत्रहरु निर्देशन बमोजिम सम्बन्धित पदाधिकारी समक्ष पुर्याइ आवश्यक भएमा निस्सा लिई सम्बन्धित शाखामा बुझाउने ।
- तोकिएको कार्य कक्ष, कार्यकक्षमा रहेका टेवल, कुर्सी, फाइलिङ्ग क्याविनेट, पङ्खा आदि सफा राख्ने ।
- कार्यालयमा पिउने पानीको बन्दोवस्त गर्ने ।
- कार्यालयमा बिजुली बत्ति, पङ्खा समयमै बाल्ने, निभाउने ।
- कार्यालय बन्द भएपछि सवै कोठाहरुमा तुरुन्त बत्ति, हिटर र पङ्खा आदि बले, चले नचलेको हेरी, बले चलेको भए निभाउने ।
- आफ्नो पालोमा सम्पूर्ण कार्यालयको सम्पूर्ण सामानको सुरक्षा गर्ने ।
- कार्यालय समय बाहेक अन्य समयमा अपरिचित मानिसहरुको प्रवेश निषेध गर्ने ।
- कार्यालय हाता भित्र जुनसुकै बखत कुनै अप्रत्यासित घटना भएमा तुरुन्त सम्बन्धित अधिकृतलाई खबर गर्ने ।
- आफु ड्यूटिमा हुँदा भएको दैनिक घटनाको जानकारी तोकिएको अधिकृतलाई दिने ।
- यस पदलाई निर्दिष्ट गरिएको अन्य कामहरु गर्ने ।
|
|
चौकीदार
|
- कार्यालय बन्द भएपछि तुरुन्त सबै कोठा चेक गरी बत्ति, हिटर र अन्य यन्त्रहरु अनावश्यक भए जति निभाउने ।
- आवश्यक परेको ठाउँको झ्याल ढोका बन्द गर्ने, साँचो लगाउने र कार्यालय खुल्ने अगावै खोल्ने ।
- आफ्नो जिम्मामा रहेको सम्पूर्ण कार्यालय सामानको सुरक्षा गर्ने ।
- कार्यालय नरहेको बेलामा अपरिचित मानिसहरुको प्रवेश निषेध गर्ने ।
- कार्यालय हाता भित्र कुनै अप्रत्यासित घटना भएमा तुरुन्त सम्बन्धित अधिकृतलाई खबर गर्ने ।
- आफु डयुटिमा हुँदा भएको दैनिक घटनाहरुको जानकारी तोकिएको अधिकृतलाई दिने ।
- कार्यालयका उच्च अधिकृतहरुले लाएअर्याएको कामहरु गर्ने ।
- यस पदलाई निर्दिष्ट गरिएको अन्य कामहरु गर्ने ।
|